‘कबड्डी’को सिरिज अन्त्य, ‘मास्टर बमकाजी’ बन्ने

‘कबड्डी’को सिरिज अन्त्य, ‘मास्टर बमकाजी’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४’को सिरिज अन्त्य गरिएको छ । सिनेमाको अन्तिम सिरिजले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । मल्टीप्लेक्सहरुमा सिनेमाको आक्रामक बुकिङ छ भने सिंगल थिएटरमा बिहानैदेखि दर्शकको भीड देखिएको छ ।

‘कबड्डी’को अघिल्ला तीन श्रृंखला वीरकाजी (दयाहाङ राई) को बिहेको वरिपरि घुमेको थियो । चौंथो श्रृंखलामा पनि यसैको निरन्तरता छ । तर, यसपटक वीरकाजीलाई बिहेप्रति खासै रुची छैन । के त्यसो भए वीरकाजीको बिहे हुँदैन त ? यो जान्नका लागि हलसम्म पुग्नै पर्ने हुन्छ । ‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो ।

निर्देशक रामबाबु गुरुङले सिनेमाभित्रको एक पात्रको कथालाई उठाउने मिल्ने गरी ‘कबड्डी ४’लाई विट मारेका छन् । सिनेमाको अन्तिममा अब ‘मास्टर बमकाजी’ सिनेमामार्फत् भेट्ने वाचा गरिएको छ । अर्थात् ‘कबड्डी’ सिरिजको महत्त्वपूर्ण पात्र बमकाजीमा केन्द्रित भएर उक्त सिनेमा निर्माण हुनेछ । ‘कबड्डी’ सिरिजमा अभिनेता सौगात मल्लले बमकाजीको भूमिका निर्वाह गरेका छन् ।

सिनेमा ‘मास्टर बमकाजी’मा सौगातको मुख्य भूमिका रहनेछ । अभिनेता दयाहाङ राई भने सिनेमामा देखिने छैनन् । तर, एउटा बिन्दूमा बमकाजी र वीरकाजीको भेट हुने बताइएको छ । निर्देशक गुरुङ सिनेमालाई ‘कबड्डी’ जस्तै सिरिजको रुपमा अगाडि बढाउने तयारीमा छन् ।