‘आँखा’को निर्माण घोषणा, कलाकारमा निशा, अस्मितादेखि विजयसम्म

‘आँखा’को निर्माण घोषणा, कलाकारमा निशा, अस्मितादेखि विजयसम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – सामाजिक कथामा निर्माण हुने सिनेमा ‘आँखा’को औपचारिक घोषणा गरिएको छ । जौन योन्जनको निर्देशन रहने सिनेमाको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो । सिनेमाको कार्यकारी निर्मातामा राजेन्द्र घतानी छन् ।

सिनेमाको कथा तथा पटकथा नर्देशक योन्जनको रहनेछ । सिनेमामा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशी मुख्य भुमिका रहनेछ ।

ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा लामा सिनेमाको प्रस्तुति रहेको सिनेमामा दीपक आरजेको संगीत र अलोक सुक्लाको छायांकन रहनेछ । २०७९ सालमा छायांकन र पोष्ट प्रोडक्सनको काम सकेर २०८० सालमा सिनेमालाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । सिनेमालाई आरआर फिल्मस् (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले देशभर वितरण गर्नेछ ।

निशाले सिनेमाको कथावस्तु र चरित्रले आफूलाई लोभ्याएको बताइन् । ‘आमा भएपछि मैले राम्रो राम्रो कथावस्तुका सिनेमामा काम गर्न पाइरहेको छु । ‘आँखा’ त अन्तर्राष्ट्रियस्तरमा पुग्छ भन्ने लाग्छ,’ उनले भनिन् । त्यस्तै, लुनिभाले सिनेमामा आफ्नो भूमिका लामो नभएपनि अर्थपूर्ण हुने बताइन् । कलाकार विजय बरालले आफूलाई भिन्न-भिन्न कथावस्तुका सिनेमामा काम गर्न मन लाग्ने बताएका थिए ।