सही कामको लागि समय गलत कहिल्यै हुँदैन् : मिरुना मगर

सही कामको लागि समय गलत कहिल्यै हुँदैन् : मिरुना मगर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुव्र्यवहार’को घटनालाई लिएर सामाजिक सञ्जाल फेसबुमा प्रष्टीकरण दिएकी छन् । सामाजिक संजालमार्फत वक्तव्यमा उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना समेत गरेकी छन् ।

गलत दुव्र्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी हुन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ उनले भनेकी छन् ।

‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’

जेठ १५ गते सिभिल मलको कफी सपमा फूर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फूर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफीसमेत मागेका थिए । मंगलबार बेलुका दुई पक्षबीच सहमति भएपछि विवाद समाधान भएको थियो ।