उपेन्द्रले समाज संकीर्ण र साम्प्रदायिक बनेको भन्दै मागे मिरुनासँग माफी

उपेन्द्रले समाज संकीर्ण र साम्प्रदायिक बनेको भन्दै मागे मिरुनासँग माफी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘कबड्डी ४’ का लेखक उपेन्द्र सुब्बाले नेपाली समाज संकीर्ण र साम्प्रदायिक बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगरमाथिको दुव्र्यवहार प्रकरणमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुब्बाले भनेका छन्, ‘म पहिचानको पक्षमा बीस वर्षयता निरन्तर लेख्दै बोल्दै आएको एउटा सानो लेखक । तर, मलाई पत्तै भएन हाम्रो समाज यति संकीर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे । यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं ।’

‘होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ? भन्दै नेपाली समाजमा पछिल्लो समय चलिरहेको ट्रेण्डलाई पश्न समेत गरेका छन् ।

‘म त आदिवासी हुनुमा गर्व गर्थेँ । तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बू सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी ।’ सुब्बाले अगाडी लेखेका छन् ।