चलचित्र संघको अध्यक्षमा बिरेन्द्र नारायण श्रेष्ठ चयन

चलचित्र संघको अध्यक्षमा बिरेन्द्र नारायण श्रेष्ठ चयन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार सम्पन्न चलचित्र संघको ४७ औं बार्षिक साधारण सभाबाट बिरेन्द्र नारायण श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न साधारण सभाबाट संघका निवर्तमान अध्यक्ष मधुसुधन प्रधानले श्रेष्ठलाई पदभार हस्तानतरण गरेका हुन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अब संघलाई श्रेष्ठले तीन वर्ष हाँक्ने भएका छनु । संघको ४७ औं साधारण सभाबाटे सदस्यहरुमा गोपालकाजी कायस्थ, गोविन्द शाही, कपिल प्रसाद द्वा, राज कुमार श्रेष्ठ, ओम जैसी, नरेन्द्र महर्जन, कुवेर शर्मा, भास्कर ढुंगाना, प्रज्वल शमशेर जवरा, नीरज कार्की, सुरेन्द्र कुमार थापा, चैतन्य प्रसाद बराल र युवराज प्रसाईं चुनिएका छन् ।

निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पधाधिकारी चयन गर्ने संस्थाको विधान रहेको छ । श्रेष्ठ नेतृत्वको पहिलो बैठकले निर्विरोध चयन भएका सदस्यहरुलाई कार्य विभाजन गर्नेछ । संघको साधारण सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका पर्यटनमन्त्री प्रेम बहादुर आलेले सिनेमाले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने भएकाले सिनेमाकर्मीसँग हातेमालो गर्न आफू तयार रहेको बताए ।

मन्त्री आलेले भने – ‘सिनेमा क्षेत्रको विकास र विस्तारका लागि हुने काममा पर्यटन मन्त्रालयले सधैं हातेमालो गर्नेछ । सिनेमाकै माध्यमबाट मानिसले विदेशका विभिन्न ठाउँ घुम्ने योजना बनाउँछन् । नेपालको पर्यटन प्रवद्र्धनमा पनि सिनेमाले सघाउ र्पुयाएको छ । सिनेमाको छायांकन गर्ने क्रममा कुनै समस्या आयो भने भन्नु होला म तुरुन्तै समाधान गर्नेछु र मैले सहकार्य गर्ने स्थानमा सहयोग पनि गर्नेछु ।’