असारमा विवाह गर्दै निता र हरिहर

असारमा विवाह गर्दै निता र हरिहर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीले असारमा बिहे गर्ने भएका छन् । अभिनेता हरिहर अधिकारीले द सिनेमा टाइम्ससँगको कुराकानीमा आफूले विवाह गर्न लागेको स्वीकार गरेका हुन् । उनले विवाहको मिति भने तय भइनसकेको जानकारी दिए ।

वीरगञ्जमा भएको एक कार्यक्रमका दौरान नजिकिएका नीता र हरिहरले अघिल्लो साल नै विवाह गर्ने चर्चा थियो । यसैबीचमा हरिहरका बुबाको निधन भएपछि उनीहरूको विवाह रोकिएको थियो । भर्खरै मात्र हरिहरको बुबाको वार्षिकी सकिएसँगै दुवै विवाहका लागि तयार भएका हुन् ।

विवाहपछि दुवैले निर्माणको तयारीमा रहेको सिनेमा ‘ह्रस्वदीर्घ’को छायांकन सुरु गर्दैछन् । दसैँपछि फ्लोरमा जाने सिनेमामा नीता र हरिहर मुख्य भुमिकामा देखिनेछन् । उनीहरूले सिनेमाका लागि छायांकारदेखि कलाकारसम्म भारतका अनुबन्ध गरेका छन् । आइतबार मात्रै सिनेमाको मुख्य भुमिकामा दक्षिण भारतीय सिनेमा पुष्पाबाट भिलेनको रुपमा चर्चामा आएका सुनिल बर्मालाई अनुबन्धित गरेका थिए ।