एक महिना अगाडी सर्यो ‘पानी फोटो’, अब साउन १३ मा

एक महिना अगाडी सर्यो ‘पानी फोटो’, अब साउन १३ मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने डेव्यु निर्देशन रहेको सिनेमा ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि आगामी भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा सिनेमा अब साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ । भदौ १० गते अभिनेता प्रदीप खड्का अभिनीत सिनेमा ‘प्रकाश’ रिलिज हुने भएपछि खगेन्द्रले एक महिना अगाडि नै ‘पानीफोटो’लाई प्रदर्शन गर्न लागेका हुन् ।

खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई सिनेमाको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको सिनेमामा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

टुकी आर्ट्स  र मन्जुश्री फिल्म्सले निर्माण गरेको सिनेमामा खगेन्द्र स्वयंको लेखन छ । सिनेमालाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर निर्माण गरेका हुन् । काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमामा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।