‘काठमाडौं सर्ट सिनेमा फेस्टा’को छैठौं संस्करणका लागि आवेदन खुल्ला

‘काठमाडौं सर्ट सिनेमा फेस्टा’को छैठौं संस्करणका लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायाँछवि क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा सिनेमाको महोत्सव ‘काठमाडौं सर्ट सिनेमा फेस्टा-०२२’ छैठौं संस्करणका लागि आवेदन खुलेको छ । सिनेमा फेस्टाका लागि २०७९ असार २६ गतेसम्म सिनेमा दर्ता गर्न आयोजक संस्था छायाँछविले सूचना जारी गरेको छ । ‘काठमाडौं सर्ट सिनेमा फेस्टा-०२२’ मा छोटा सिनेमा एवंम् छोटा वृत्तचित्रले भाग लिन पाउने छन् ।

छोटा सिनेमा एवम्ं छोटा वृत्तचित्रको अवधि २ मिनट देखि ५९ मिनट भित्रको हुनुपर्नेछ । नेपालमा पछिल्लो समय छोटा सिनेमा एवंम् वृत्तचित्रको निर्माण बढेको छ । छोटा सिनेमा एवंम् बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता सिनेमा एवंम् वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।

नेपाली छोटा वृत्तचित्र एवंम् सिनेमाले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिन पर्छ भन्ने पनि फेस्टाको उद्येश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई पुरस्कृत गरिन लागेको आयोजकको दाबी रहेको छ ।

फेस्टामा सहभागी सिनेमालाई बेस्ट सर्ट सिनेमा (फिक्सन), बेस्ट सर्ट सिनेमा (फिक्सन) निर्देशक, बेस्ट सर्ट सिनेमा (डकुमेन्ट्री), बेस्ट सर्ट सिनेमा (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट/स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, बेस्ट म्यासेज सिनेमा, इनकरेजमेन्ट अवार्ड आदि विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

यी मध्ये बेस्ट सर्ट सिनेमा (फिक्सन) र बेस्ट सर्ट सिनेमा (डकुमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।