‘नम्बरी सुन’ साउन २५ मा

‘नम्बरी सुन’ साउन २५ मा

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा ‘नम्बरी सुन’ साउन २५ मा प्रदर्शन मिति घोषणा गरिएको छ ।

मंगलबार सिनेमाका मुख्य कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी दुईपटक प्रदर्शन मिति घोषणा गरिए पनि पछि पोस्टपोन्ड भएको थियो ।

नारायण खातीको गीत रचना, कथा र प्रस्तुति रहेको सिनेमामा सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायतको पनि अभिनय छ । शिवम् अधिकारीको पटकथा तथा संवाद छ। प्रेम सम्बन्धमा आउने उतार-चढावको कथालाई मियो बनाएको सिनेमाले सुन बनाउने सुनारको पुरानो चलनलाई पनि प्रस्तुत गरेको छ ।

रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर,र दिव्य सुवेदीको छायांकन रहेको छ ।