बोर्डको अध्यक्षका लागि मन्त्रालयले बोलायो करिष्मा र दिनेशसहित यी ६ जनालाई

बोर्डको अध्यक्षका लागि मन्त्रालयले बोलायो करिष्मा र दिनेशसहित यी ६ जनालाई

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिने ६ जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

बुधबार र बिहीबारका लागि समय तोक्दै मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको हो ।

अर्जुन कुमार डंगोल, करिष्मा मानन्धर र दिनेशराज दाहाललाई बुधबार र दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई मन्त्रालयले बिहीबारका लागि बोलाएको छ ।

साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त छ । भुवन केसीको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष पद रिक्त छ ।