भोजपुरी स्टार निरहुवाले लेखे – ‘मेरो साथी विराजको छोरा समीरलाई धेरै माया र आर्शिवाद दिनु होला’

भोजपुरी स्टार निरहुवाले लेखे – ‘मेरो साथी विराजको छोरा समीरलाई धेरै माया र आर्शिवाद दिनु होला’

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन स्टार विराज भट्ट नेपालीसँगै भोजपुरी सिनेमाका पनि चर्चित अभिनेता हुन् । उनले चार दर्जन बढि भोजपुरी सिनेमामा अभिनय गरेका छन् । विराजको नेपालीसँगै भोजपुरी सिनेमा उद्योगमा पनि ठुलो फ्यान सर्कल छ । जसका कारण उनी भोजपुर सिनेमाका ए लिस्टर अभिनेता समेत हुन् ।

यसैबीच विराजले नेपाली सिनेमा ‘१२ गाउँ’ निर्माण तथा निर्देशन गरेका छन् । यो सिनेमाका पोस्टर तथा टिजर सार्वजनिक भैसकेका छन् । त्यससँगै विराजका छोरा समीरको डेव्यु सिनेमा भएकाले पनि यो सिनेमाको दर्शकमाझ उच्च हाइप बनिरहेको छ । टिजर रिलिज भएपछि यो सिनेमाको नेपालीसँगै भोजपुर सिनेमा उद्योगमा पनि चर्चा पाइरहेको छ ।

यस वर्षकै प्रतिक्षित सिनेमाको सुचीमा पर्छ । केहीदिन अघि सार्वजनिक सिनेमाको टिजरको दर्शकमाझ व्यापक चर्चा भैरहेको छ । सिनेमाका डेव्यु अभिनेता समीरको अभिनय र एक्सनको पनि उत्तिकै तारिफ भैरहेको छ । सिनेमाको टिजरले हालसम्म ७ लाख ६० हजार भ्युज, ४७ हजार लाईक र ६ हजार बढि कमेन्टसहित युट्युब ट्रेन्डिङको २० औं स्थानमा छ ।

सोमबार भोजपुरी सुपरस्टार दिनेश लाल यादव (निरहुवा)ले समेत सिनेमा ‘१२ गाउँ’को टिजर आफ्नो समाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै विराजलाई सफलताको शुभकामना दिएका छन् । निरहुवाले आफ्नो स्टाटसमा लेखेका छन्, ‘मेरो एकदमै मिल्ने साथी प्रिय विराज भट्ट जीको छोरा समीर भट्टको डेव्यु सिनेमालाई सवैले धेरै माया र आर्शिवाद दिनुहोला ।’

एनको स्टाटससँगै १२ गाउँको चर्चा भारतमा समेत चुलिएको हो । निरहुवाको स्टाटसमा रिप्लाई गर्दै विराजले ‘थ्याकंयु भैया’ लेखेर धन्यवाद दिएका छन् । निरहुवाको यो स्टाटसपछि विराजका भोजपुरी फ्यानले ‘१२ गाउँ’लाई हिन्दी र भोजपुरी भाषामा पनि डविङ गरेर रिलिज गर्न माग गरेका छन् । यहीबाट पनि थाहा हुन्छ कि भारतमा विराजको फ्यान क्रेज कस्तो छ ।

सिनेमामा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का,  सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । यो सिनेमाबाट समीर, न्यान्सी र सनिशाले नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।