‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीतलाई २० लाख भ्युज

‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीतलाई २० लाख भ्युज

दर्शक भन्छन्, 'पञ्चे बाजाको धून त्यही माथि सुरुवातमा मादलको धुन अरूको नक्कल भन्दा हाम्रो मौलिकपन झल्कने गीत मनै खुशी बनायो ।'

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को गत साउन ३२ गते तेस्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको थियो । एक कार्यक्रमका बीच रिलिज गरिएको गीतले दर्शकको मन जितिरहेको छ ।

हालसम्म यो गीतले २० लाख बढि दर्शकको साथ पाइसकेको छ । युट्युबमा रिलिज भएको केही दिनमै राम्रो दर्शकको साथ पाएको सिनेमाको गीतले ३५ हजार बढि लाईक र सात सय बढि कमेन्ट पाएको छ । यो गीतले दर्शकबाट मौलिक तथा टिपिकल नेपाली संस्कृतिमा उत्कृष्ट बनेको प्रतिक्रिया पाइरहेको छ ।

सिनेमाको यो गीतलाई लिएक कमेन्टबक्समा एक कमेन्टर लक्ष्मी गुरुङ लेख्छन्, ‘कति राम्रो गीत आयो हाम्रो नेपाली झल्कने पञ्चे बाजाको धून त्यही माथि सुरुवातमा मादलको धुन अरूको नक्कल भन्दा हाम्रो मौलिकपन झल्कने आहा कति राम्रो गित ।’ अर्का कमेन्टर मन्जिल सिजाली लेख्छन्, ‘मन खुशी बनायो यो गीतले । उत्कृष्ट लाग्यो । सफलताको शुभकामना ।’

सिनेमाको छड्के सलाम गीतमा अभिनेता निश्चल र स्वस्तिमाको जोडी तारिफमा पनि सयौं प्रतिक्रिया आएका छन् । यसले पनि सिनेमाप्रति दर्शकको उत्सुकता उच्च रहेको बुझ्न गाह्रो पर्दैन् । सिनेमाको यसअघि सार्वजनिक गीत पोस्टर गीतले दर्शकमाझ राम्रो हाइप निर्माण गरिरहेका छन् । विवाहको कथामा निर्माण भएको यो सिनेमाले दर्शकलाई पुर्ण मनोरञ्जन दिने विश्वास निर्माण टिमको छ ।

सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।