अभिनेताद्वय अर्जुन र विपिन कार्कीलाई मातृशोक

अभिनेताद्वय अर्जुन र विपिन कार्कीलाई मातृशोक

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेताद्वय अर्जुन कार्की र विपिन कार्कीलाई मातृशोक परेको छ ।

बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा अभिनेताद्धयकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि दीर्घरोगबाट पीडित रहेकी उनको ४ दिन यता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पछिल्लो समय उनको फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिने गरेको थियो ।

बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा उनको पार्थिव शरिरलाई अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाइएको छ ।

आमा विरामी भएकै कारण विपिनले सिनेमा ‘ऊनको स्वीटर’को पाँचथरमा छायांकनको क्रममा काठमाडौं ओहोर-दोहोर गर्ने गरेका थिए ।