लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को अग्रीम टिकट बुकिङ खुल्ला

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मंगलबार आयोजित प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रियाका कारण सिनेमा मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ ।

सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले मात्रै काठमाडौं उपत्यका र मोफसल गरी २६ शो दिएको छ । यता देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चने आईएनआईले ५ शो, बिग मूभिजले ३ शो, एफक्युबले ३ शो, वान सिनेमाज्ले ३ शो उपलब्ध गराएका छन् । यी बाहेकका हलले पनि सिनेमाको अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् ।

छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष यो सिनेमाले यसअघि विभिन्न अवार्डमा समेत उत्कृष्ट सिनेमाको अवार्ड जितिसकेको छ । सिनेमाले छोरी हुनुको महत्व समाजलाई बुझाउन खोजेको निर्देशक लक्ष्मण सुवेदी बताउँछन् ।

सिनेमामा मलिका र सन्दीपका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ । सिनेमा भोली शुक्रबार अर्थात् भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

भोली शुक्रबारबाट नै प्रदर्शनमा आउने सिनेमा ‘नमेटिने घाउ’को पनि अग्रमी टिकट बुकिङ खुल्ला गरिएको छ । यो सिनेमाले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म सुखद् शो पाएको छ ।