‘एक्टर : टेक वान’को फर्स्टलुकमा प्रदीपका पाँच फरक अवतार

‘एक्टर : टेक वान’को फर्स्टलुकमा प्रदीपका पाँच फरक अवतार

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘एक्टर : टेक वान’को फर्स्टलुक सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का मात्रै फिचर्ड छन् ।

सार्वजनिक पोस्टरमा प्रदीपलाई पाँच फरक अवतारमा देख्न सकिन्छ । कात्तिक १५ गते रिलिज हुने सिनेमामा प्रदीपका अलवा डेव्यु अभिनेत्री दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । सिनेमामा अभिनेता प्रदीप खड्काले पहिलो पटक आना र दिव्यासँग सहकार्य गरेका हुन् ।

सिनेमामा राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी, देवेन्द्र नेपाललगायतका कलाकारको अभिनय रहेको छ । राज बल्लभको यो कमब्याक फिल्म हो ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । राजन भुसालको निर्देशन रहेको सिनेमामा थमन कुमारी भण्डारी निर्माता र तोरन क्षेत्री लाइन प्रोड्युसरमा छन् । सिनेमाका लेखक आकाश बराल र राजन भुसाल हुन् । राजनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्ट महर्जनको द्वन्द्व, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत, रोयल भिमसनको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा, मेकअपमा काव्य थापा, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर छ ।