पल र पुजाको ‘रावायण’ ट्रेलर सार्वजनिक

पल र पुजाको ‘रावायण’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

एक्सनले भरिएको सिनेमाको ट्रेलरले हिंसात्मक बाटो अपनाएको एउटा पात्रले प्रेमका लागि मच्चाएको वितण्ड र प्रेमको रक्षाका लागि अर्को पात्रले गरेको संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह एक्सन अवतारमा प्रस्तुत छन् ।

सिनेमामा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छिन् । उनकै लागि पलको दोहोरो चरित्र भिडेको देख्न सकिन्छ । अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा देखिएकी छन् । सिनेमाको ट्रेलरमा समावेश एक्सन दृश्य र संवाद सशक्त छन् । एक्सन सिनेमा हेर्न मन पराउने दर्शकलाई सिनेमाले आकर्षित गर्ने देखिन्छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।