‘आँखा’को मर्मस्पर्शी टिजर सार्वजनिक

‘आँखा’को मर्मस्पर्शी टिजर सार्वजनिक

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आँखा’को टिजर सार्वजनिक भएको छ । बिहिबार सिनेमाको १ मिनेट ३७ सकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ ।

सिनेमाको टिजरले बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा सरकार र काठमाडौं महानगरको रस्साकस्सी तथा स्थानीय बासिन्दाको आन्दोलनको झल्को दिन्छ । सुकुम्बासी व्यवस्थापनको मुद्धा र उत्पन्न परिस्थितिको कथावस्तु सिनेमाले उठाएको सार्वजनिक टिजरबाट बुझ्न सकिन्छ ।

सिनेमामा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय रहेको छ ।

निर्देशक जौन योन्जनकै कथा र पटकथा रहेको सिनेमाको निर्माता पनि योन्जन नै हुन् । निर्देशक योन्जनले यसअघि सिनेमा ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए । नारायणप्रसाद बराल कार्यकारी निर्मातामा छन् ।

राम बस्नेत लाइन प्रोड्यूसर र रेनुका कार्की ढोली सह-निर्माता रहेको सिनेमामा कृष्ण भण्डारी र जौन योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।