‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी हावा’ सार्वजनिक

‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी हावा’ सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निमार्मण भएको सिनेमा ‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी हावा’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक सिनेमाको यो रोमान्टिक गीतमा डेव्यु अभिनेता विवेक कर्माचार्य र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् ।

सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना तथा युग भुषालको संगीत रहेको गीतमा सुगम पोखरेल र नेहा करोडेको स्वर छ । अडियो तथा भिडयो उत्कृष्ट बनेको सार्वजनिक गीतमा आँचल र विवेको केमेष्ट्री पनि गजव देखिएको छ । नेपाल र रोमानियाको सुन्दर लोकेशनमा खिचिएको सिनेमाको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेक र कुसुमको यो डेब्यु सिनेमा हो ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने छ । रोमानियामा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।