एक दिनमा सवैभन्दा धेरै हेरिने नेपाली गीत बन्यो बिष्णु माझिको ‘आइनँ आमा यो तीजमा’

एक दिनमा सवैभन्दा धेरै हेरिने नेपाली गीत बन्यो बिष्णु माझिको ‘आइनँ आमा यो तीजमा’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लोक दोहोरीकी सवैभन्दा चर्चित गायिका बिष्णु माझिको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ शनिवार सार्वजनिक भएको छ । यो युट्युबमा सार्वजनिक भएको एक दिनमा सवैभन्दा धेरै हेरिने गीत बनेको छ ।

यसअघि कुनै पनि नेपाली गीतले एक दिनमा यती धेरै भ्युज पाउन सकेका थिएनन् । शनिबार बिहान सार्वजनिक गीतलाई २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढीपटक हेरिएको छ । अहिले हामीले यो समाचार तयार गर्दासम्म यो गीतको युट्युबमा १६ लाख २५ हजार भ्युज पुगिसकेको छ । १ लाख २६ हजार लाइक तथा १४ हजार ७ सयबढी कमेन्ट गीतले पाएको छ ।

रिलिज हुनासाथ चर्चामा आएको यो गीत टिकटक र रिल्समा पनि चर्चामा छ । करिब १७ मिनेट लामो यो तीज गीत ‘पुलतीको भट्टी’ भाग २० को रूपमा सार्वजनिक भएको हो । विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ ।

सुन्दरमणिकै निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओमा ललिता पौडेल फिचर्ड छिन् । भिडिओलाई सम्भु चालिसेले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।

गायिका विष्णु माझीले पछिल्लो समय बाहिरी गीत गाएकी छैनन् । तीजमा भने हरेक वर्ष गीत ल्याइरहेकी छिन् ।