‘वर एण्ड वधु’ दर्शकले पूर्ण प्याकेजको सिनेमा हेर्न पाउनुहुन्छ : आँचल शर्मा

‘वर एण्ड वधु’ दर्शकले पूर्ण प्याकेजको सिनेमा हेर्न पाउनुहुन्छ : आँचल शर्मा

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘वर एण्ड वधु’को टिमले पूर्व नेपालका विभिन्न जिल्लामा पुगेर सिनेमाको प्रचार गरेको छ ।

आगामी भदौको १४ गतेबाट प्रदर्शनमा आउन लागेको सनेमाका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगेका थिए ।

मोफसल टुरका क्रममा उत्साहित देखिएको सिनेमाको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ । निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’जस्तो उच्च क्यानभासमा निर्माण भएको उत्कृष्ट सिनेमा दर्शकले हेर्न पाउने बताए ।

अभिनेत्री आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शित्तल बनाउने दाबी गरिन् । सिनेमामा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको सिनेमा हेर्न पाउने बताइन् । डेव्यु अभिनेता विवेक कर्माचार्यले यो सिनेमाबाट आफू स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

निर्मात्री जानुका थापाले सिनेमाको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन् । कलाकार किरण केसीले दर्शकले यो सिनेमालाई दर्शकले साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरेका छन् । उनले भने- ‘मैले काम गरेका सयबढी सिनेमामा यो १/२ नम्बरमा पर्छ । सिनेमा हरेक कोणबाट उत्कृष्ट छ ।’

सिनेमामा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेक र कुसुमको यो डेब्यु सिनेमा हो । सिनेमाको छायांकन नेपालका रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको छ ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने छ । रोमानियामा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।