अरुण श्रेत्रीको मुख्य भुमिका ‘हन्टर’ निर्माण घोषणा

अरुण श्रेत्रीको मुख्य भुमिका ‘हन्टर’ निर्माण घोषणा

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अरुण श्रेत्रीको मुख्य भुमिका रहने सिनेमा ‘हन्टर’को श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको छ । सोमबार निर्माण टिमले अभिनेता बाहेकको काष्ट एण्ड क्रिउ गोप्य राख्दै सिनेमाको नाम मात्रै घोषणा गरेको हो ।

सिनेमालाई जीवन सिंहले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो । सिनेमाको मुख्य भूमिकामा अरुणले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायतमा काम गरिसकेका छन् । अन्य कलाकार केही दिनपछि सार्वजनिक गरिने बताइएको छ ।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने सिनेमाले सुदुरपश्चिमको कथा भन्ने छ । सिनेमा एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताए । ‘सिनेमा ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौं’, उनले भने, ‘रियल पात्रको कथामा फिक्सन मिसाइने छ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ ।’

सिनेमामा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । अहिले सिनेमाको प्रि-प्रोडक्सनको काम धमाधम भैइरहेको छ । सिनेमाको छायांकन सुदूरपश्चिम नेपालमा हुनेछ ।