‘बेहुली फ्रम मेघौली’का तीन गीतले दिएको फरक सन्देश के हो ?

‘बेहुली फ्रम मेघौली’का तीन गीतले दिएको फरक सन्देश के हो ?

निश्चलले ‘लुट’मा जोखिम मोलेर फरक काम गरेका थिए ।

द सिनेमा टाइम्स
4.7k
Shares

द सिनेमा टाइम्स,काठमाडौं । सिनेमा ‘बेहुली फ्रम मेघौली’ले प्रचार-प्रसार सुरु गरेको छ । सिनेमाका कन्टेनमार्फत सिनेमाले प्रचार सुरु गरेको हो । सिनेमाको प्रचार पोस्टर, गीत र टिजरबाट सुरु गरेको हो । सिनेमाले कन्टेन सार्वजनिक गर्दै जाँदा हाइप पनि बढ्दै गएको छ ।

हालसम्म यो सिनेमाका तीनवटा गीत सार्वजनिक भइसकेका छन् । तीनवटा गीतमा तीनवटै अहिले सार्वजनिक भइरहेका सिनेमाका गीतभन्दा केही फरक छन् । लामो समयदेखि करिब-करिब उस्तै गीत आइरहेका बेला ‘बेहुली फ्रम मेघौली’का गीतमा केही फरक पन भेटिन्छ ।

पहिलो गीत थियो प्रमोसनल । ‘बिहे गर्ने कि नगर्ने’ बोलको गीत केही फरक थियो । यो गीत यसकारण फरक थियो, जसमा उमेर पुगेपछि परिवार र समाज तथा साथीभाइले बिहे कहिले गर्ने भनेर गर्ने प्रश्न गरिएको छ । गीतको शब्दभन्दा पनि भिडियो फरक छ ।

भिडियोमा सिनेमाका कलाकार मात्रै होइन, सिनेमा बाहेकका कलाकार पनि छन् । उमेर पुगेर पनि बिहे नगरेका कलाकार भिडियोमा छन् । यसमा कुसल पोखरेल शब्द तथा पफर्म छ । जसका कारण यो गीत आम सिनेमाका गीतभन्दा फरक छ । यसलाई प्रोमोसनका फरक तरिका पनि भन्न सकिन्छ ।

अर्को गीत छ, उडायो मन । जसमा नेपाली मात्रै होइन थारु भषा समेत प्रयोग गरिएको छ । नेपाली र चौधरी भाषाको श्रमिश्रणले गीत फरक बनेको छ । भिडियोमा पनि चौधरी भेषभुषा र कल्चर समेटिएको छ ।

त्यसैले यो गीत पनि केही फरक छ । आम सिनेमाका गीतभन्दा फरक छ । जयन जे वाइवाको शब्द तथा संगीत छ । यो गीतका टुक्रा टिकटकमा ‘भाइरल’ पनि भइरहेका छन् ।

यसपछि निर्माणपक्षले यो सिनेमाको अर्को गीत सार्वजनिक गर्यो । ‘छड्के सलाम’ बोलको गीत पनि केही फरक टेस्टसहित आएको छ ।

तिजको छेको पारेर आएको गीतमा सासुले बुहारीको आलोचना गर्दै कुरा काट्ने समाजमा सासुले नै बुहारीलाई दुःख नदेऊ म काम गर्छु भन्ने शब्द छ । भिडियो पनि आकर्षक छ । यो गीतका टुक्काहरु पनि टिकटकमा ‘भाइरल’ भइरहेका छन् ।

लगातार गीतमा देखिएको भेरिएसनले सिनेमामा नै केही फरक छ भन्ने अनुमान लगाउन सकिन्छ । उमेरले नेटो काट्दै गएपछि छोरीको विवाह गर्न कठिन हुने गरेको नेपाली समाजको विषय यो सिनेमाले उठान गरेको छ । यो गीतमा पनि जयन जे वाइवाको शब्द तथा संगीत रहेको छ ।

निश्चल प्रयासः सिनेमामा केही फरक प्रयोग गर्दै आएका व्यक्ति हुन् । निश्चलले ‘लुट’मा जोखिम मोलेर  फरक काम गरेका थिए । जसले नेपाली सिनेमामा फरक धार नै स्थापित गरेको थियो । ‘लुट’ले स्थापित गरेको फरकधार अहिले मुलधार भएको छ ।

सिनेमामा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमा दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।