कार्तिक १५ लक्ष्मीपूजामा दीवाकर निर्देशित ‘मायावी’ रिलिज घोषणा

कार्तिक १५ लक्ष्मीपूजामा दीवाकर निर्देशित ‘मायावी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमाको आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमामा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईको पनि अभिनय रहेका छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

क्रियटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाई र नमिता झा छन् । राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको सिनेमाको सहयोगी निर्मातामा अम्बरीश कश्यप छन् ।

यसअघि नै यो मितिमा अभिनेता प्रदीप खड्का, दिव्या रायमाझि र आना शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘एक्टर : वान टेक’ पनि प्रदर्शनमा आउने घोषणा गरिसकेको छ ।