छायांकन र प्राविधिक काम नसकिएपछि असोज ३ बाट पोष्टपोण्ड भयो ‘आउट ल’

छायांकन र प्राविधिक काम नसकिएपछि असोज ३ बाट पोष्टपोण्ड भयो ‘आउट ल’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘आउट ल : दफ २१९’को प्रदर्शन मिति पोष्टपोण्ड भएको छ । सिनेमाको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गते रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।

यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउन तयारीमा रहेको सिनेमा पोष्टपोण्ड भएसँगै मंगलबार निर्माण टिमले एक विज्ञप्ती सार्वजनिक गर्दै चाँडै नयाँ प्रदर्शन मिति घोषणा गरिने जानकारी दिएको छ । निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट सिनेमा हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसार बनाउन समय लागेको बताएको छ ।

सिनेमाको फर्स्टलुक र टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

सिनेमामा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह–निर्माताको रुपमा छन् । सिनेमामा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।