‘लप्पन छप्पन २’ निर्माता प्रकाश कुँवर ‘नरसिंहाः अवतार’मा अनुबन्धित

‘लप्पन छप्पन २’ निर्माता प्रकाश कुँवर ‘नरसिंहाः अवतार’मा अनुबन्धित

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’मा व्यवसायी तथा ‘लप्पन छप्पन २’ निर्माता प्रकाश कुँवरले पनि अभिनय गर्ने भएका छन् । निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमामा उनको अभिनय रहने जानकारी दिएको हो ।

सिनेमामा यसअघि नै महानायक हमाल र प्रकाशका अलवा राज कटुवाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । ‘नरसिंहाः अवतार’मा कलाकारहरूको लाइनअप रोचक देखिएको छ । निर्माणपक्षले सिनेमामा यी सबै कलाकारको के–कस्तो भूमिका छ भन्ने जानकारी दिएको छैन् ।

महानायक हमालले आठ वर्षपछि ठुलो पर्दामा कमव्याक गर्दैछन् । निर्देशक भट्टराईको सिनेमामा ‘क्याप्टेन’पछि अभिनेता सरोज खनालले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि एउटै सिनेमामा देखिन लागेका हुन् । निर्देशक भट्टराई र अभिनेता प्रशान्त ताम्राकारले यसअघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेका सिनेमा भदौको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको छ । सिनेमाको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को सिनेमा ‘मायावी’ कार्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा छ । मंगलबार मात्रै यो सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको थियो ।