जितु र नीतिको ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

जितु र नीतिको ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ । सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजर कमेडी फ्लेवरमा निर्माण गरिएको छ ।

यो सिनेमाको रमाइलो तरिकाले निर्माण गरिएको टिजरमा मुख्य कलाकार जितु नेपाललाई देखाइएको छ । उनको साथमा सिनेमाकी मुख्य अभिनेत्री नीति शाह, हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे र शिशिर वाङ्देल लगायतका कलाकार फिचर्ड छन् । नीतिलाई सिनेमाको सार्वजनिक टिजरमा हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको सिनेमाको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई अभिनेत्री नीति शाहले साथ दिएकी छन् । बसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

यही मितिमा दीपक-दीपा समुहले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा ५’ र एक्सन स्टार विराज भट्टको निर्माता तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउँदैछन् ।