‘सतीदेवी’ हेरेर दर्शक बेहोस भएपछि निर्देशकले मागे माफी

‘सतीदेवी’ हेरेर दर्शक बेहोस भएपछि निर्देशकले मागे माफी

द सिनेमा टाइम्स
637
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘सतीदेवी’ हेर्दैगर्दा दर्शक बेहोस भएपछि निर्देशकले माफी मागेका छन् । सिनेमामा रहेका कारुणिक दृश्यहरुले सुरुदेखि नै भक्कानिन्नी रहेकी एक महिला दर्शक रुँदारुँदै पीडा सहन नसकेर बेहोस भएकी हुन् ।

मंगलबार जमलस्थित विश्ज्योती हलमा सिनेमा हेरेर निस्कने अकस्मात् सिनेमाकी बाल कलाकारद्वय हर्षिका वली र मन्जीला बाँनीयालाई देखेपछी ती महिला बेहोस भएकी थिइन् । सिनेमा हलमै प्रथमिक उच्चारपछि ब्युँझिएकी ती महिला दर्शकले सिनेमाले अत्याधिक मन छोएको र त्यसमाथि बालकलाकारहरुलाई प्रत्यक्षा अघि पाउँदा आफुलाई सम्हाल्न नसकेको प्रतिक्रिया दिइन । उनीहरुमा आफ्नो जीवन भोगाइ पाएकाले आफू भावबिव्हल हुन पुगेको बताइन ।

सिनेमाका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीका अनुसार स्थिती सामान्य भएपछि ती महिला दर्शकले ‘सतीदेवी’ले हरेक छोरीचेलीको कथा बोलेको भन्दै यस्तो यथार्थबादी सिनेमा निर्माण गर्ने टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सिनेमा हेरेर हलबाट हरेक दर्शक रुँदै निस्किरहेको र कोही बेहोस नै भएकोमा भने निर्देशक सुवेदीले माफी मागेका छन् । उनले दुःखको कथाले दर्शकको मन छोएको र त्यो हेर्न,सहन नसकेर बेहोस हुनु परेकोप्रति माफी मागेका हुन् । उनले आफुले छोरी चेली,बा-आमा,दिदीबहिनीको जीवन भोगाइका वास्तवीकतालाई ‘सतीदेवी’मा उतार्ने कोसिस गरेको र यसबाट कसैलाई अधीक पीडा हुन गएमा माफी चाहेको उल्लेख गरेका छ्न । उनले यो एउटा चल्ने चित्र मात्र नभइ सम्पूर्ण नारीजगतको प्रतिनिधि जीवन चित्रण भएकाले सबैलाई एकपट्क हेर्न समेत आग्रह गरेका छ्न ।

सेन्सर बोर्ड,विशेष शो तथा प्रिमियर शोमा हेरेका सबै सेलिब्रेटी,दर्शकले तारिफ गरेको सिनेमा शुक्रवारदेखि देशब्यापी प्रदर्शनमा छ । दर्शकको मन जितिरहेको सिनेमाको कथावस्तु, निर्देशकीय कौशल र कलाकारहरूको अभिनयको तारिफ बढ्दो छ । सिनेमामा छोराको रहरमा जन्मिएका छोरीहरू र उनीहरूले समाजमा देखाएको आशा र परिवारको भरोसाको कथालाई देखाइएको छ।

सिनेमामा मलिका महतसहित हर्षिका ओली, मञ्जिला बानिया (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा,रमेश बुढाथोकी,सन्दीप बाबु लोहनी,मनिषा सापकोटा,सन्देश लिम्बुलगायतको अभिनय छ।