‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि साइग्रेस पोखरेल अनुबन्धित

‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि साइग्रेस पोखरेल अनुबन्धित

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने सिनेमा ‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि साइग्रेस पोखरेल अनुबन्धित भएका छन् । सामाजिक सञ्जाल युट्युबमा प्रसारण हुने श्रव्य कथाका कारण चर्चामा रहेका साइग्रेस पोखरेल यो सिनेमामा स्कृप्ट सहयोगीको रुपमा रहनेछन् ।

सिनेमाका निर्माता सरोज न्यौपाने र पोखरेलबीच बिहीबार लिखित सम्झौता भएको हो । सिनेमाको स्क्रिप्ट र डायलग सहित क्रिएटिभ पार्टको काम गर्ने सहमती भएको निर्माता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै जानकारी दिएका हुन् ।

युरोपमा बसोबास गर्दै आएका पोखरेल यतिबेला काठमाडौंमा छन् । सिनेमा साइन गरेपछि पोखरेलले आफूले अभिनेता केसीलाई समेत फलो गरिरहेको बताए । उनको श्रव्य कथा अधुरो प्रेममा पनि सिनेमा बन्ने घोषणा यसअघि नै भैसकेको छ ।

सिनेमामा अनमोल सहित आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका हुनेछ । सिनेमाको प्रदर्शन मिति भ्यालेन्टाइन्स डेमा अर्थात् फागुन २ गतेलाई घोषणा गरिएको छ ।

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको सिनेमाको छायांकन असोजबाट सुरु गर्ने तयारी छ । सिनेमालाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा खिच्ने तयारी गरिएको छ । गत महिना मात्रै निर्माता न्यौपाने, निर्देशक गुरुङ र अभिनेता केसी लद्दाख पुगेर लोकेशन हेरेर फर्केका थिए ।