चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

द सिनेमा टाइम्स
42
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

दिनेश एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । उनी निर्देशक, कलाकार तथा सञ्चारकर्मी हुन् ।

भुवन केसीको दुईवर्ष कार्यकाल साउन ९ गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।