मध्यम वर्गिय परिवारको कथा ‘सानो संसार’को टिजर सार्वजनिक

मध्यम वर्गिय परिवारको कथा ‘सानो संसार’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
469
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा रिलिज भएको टिजरले एउटा मध्यम वर्गिय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको बुझिन्छ ।

गत सोमबार गीत रिलिज गरिएको सिनेमाको आज शुक्रबार टिजर रिलिज गरिएको हो । आगामी हप्ता ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।