चर्चामा धिरज र उपासनाको ‘खुस्मा’, युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘रुकुम मैकोट’

चर्चामा धिरज र उपासनाको ‘खुस्मा’, युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘रुकुम मैकोट’

द सिनेमा टाइम्स
742
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने सिनेमा ‘खुस्मा’ यतिवेला चर्चामा छ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा प्रचार सामाग्री पोस्टर, टिजर र गीतका कारण चर्चाको शिखरमा पुगेको हो ।

अहिले सिनोमाको गत आइतबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको शिर्ष स्थानमा पुगेको छ । लोक लयमा तयार पारिएको गीतलाई दर्शकले रुचाएका छन् । बिशेषगरी धिरज र उपासनाको जोडी र सिनेमाले उठाएको मौलिकपनलाई दर्शकले रुचाएको सार्वजनिक गीतको कमेन्टबक्समा आएका प्रतिक्रियाबाट पनि बुझ्न सकिन्छ ।

हालसम्म सिनेमाको गीतले पाँच दिनमा ६ लाख ४० हजार बढि भ्युज र २७ हजार लाइक तथा १ हजार ४ सय बढि प्रतिक्रिया पाएको छ । सिनेमाको गीतको कमेन्टबक्समा बसन्त नामक एक व्यत्तिले लेखेका छन्, ‘आहा उत्कृष्ट गीत यो गीत हृदयदेखि नै मन परेका जति यता हाजिर हुम त साथै यो सिनेमा बनाउने सम्पूर्ण टिमलाई शुभकामना । असोज ३ को प्रतिक्षामा को–को हुनुहुन्छ ? यसबाट पनि थाहा हुन्छ की दर्शकमा सिनेमाप्रति कुन लेवलको उत्साह छ भन्ने देखिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।