‘घरज्वाइँ’ ५१ औं दिनमा प्रवेश, काठमाडौंमा खुसियाली सेलिब्रेट गर्दै

‘घरज्वाइँ’ ५१ औं दिनमा प्रवेश, काठमाडौंमा खुसियाली सेलिब्रेट गर्दै

द सिनेमा टाइम्स
574
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘घरज्वाइँ’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ । अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको सिनेमाले शनिबार प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको हो ।

यो सिनेमा असार २८ गते रिलिज भएको थियो । ‘घरज्वाइँ’ले क्यूएफएक्स चेनको काठमाडौंस्थित सिटी स्क्वायर महल, आईएनआईको एनबी सेन्टर वानेश्वर, लोत्से मल बसपार्क र क्युबक्स बुटवलमा समेत सिनेमा प्रदर्शन भइरहेको छ ।

काठमाडौं बाहिरका केही हलमा पनि यो सिनेमा प्रदर्शन भइरहेको छ ।

‘घरज्वाइँ’ मगर समुदायको कथामा आधारित सिनेमा हो । यसमा रोधीदेखि मगर समसदायको संस्कार र संस्कृति समेटिएका छन् ।

दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, अनु थापा, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा मगर, कविता आले मगरलगायत कलाकारको अभिनय छ ।

प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको अवसरमा निर्माण युनिटले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ । निर्देशक, लेखक तथा कलाकारको उपस्थितिमा सक्सेसको खुसियाली साट्न लागेको निर्माण युनिटले बताएको छ ।