दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ५१ औं दिनमा प्राविधिक र कलाकार सम्मानित

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ५१ औं दिनमा प्राविधिक र कलाकार सम्मानित

द सिनेमा टाइम्स
581
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असार २८ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ले शनिबार ५१ औं दिनको अवसर कार्यक्रमको आयोजना गर्दै निर्माणदेखि रिलिजसम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरियो ।

सिनेमाको ५१ औं दिन सेलिब्रेसन गर्न उपसभामुख इन्दिरा राना पनि उपस्थित थिइन् । सोही अवसरमा सिनेमाका प्राविधिक, कलाकार र हललाई सम्मान गरिएको थियो । सिनेमाले क्युएफएक्स सिटी स्क्वाएर, आईएनआई लोत्से, नयाँ बानेश्वर, बुटवल, सिने रोयल नेपालगञ्ज, बिएसआर मुभिजमा ५१ औं दिनसम्म चलेको थियो ।

सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगरले ‘घरज्वाइँ’लाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद । बिशेषगरी आज ५१ औं दिनमा हामीले सिनेमा छायांकन गरेका तकसेरा लगायतका ठाउँका सम्पुर्ण बासिन्दालाई सम्झिन चाहन्छु । यो सिनेमामा काम गर्ने अवसर जुराइदिने निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरप्रति आभारी रहेको उनले बताइन् ।

सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले झण्डै ५ वर्षदेखिको निर्माता जनक र निर्देशन अनिलको मेहनत सफल भएको छ । यो अवधीमा मलाई साथ र सहयो गर्ने सम्पुर्ण प्राविधिक टिम र कलाकारहरुप्रति आभारी छु । साथै, हाम्रो ५१ औं दिनको खुशीमा सहभागी भैदिनु भएकोमा उपसभामुख इन्दिरा राना ज्युप्रति पनि आभारी छु ।

निर्देशक अनिल बुढा मगरले मलाई यो ५१ औं दिन मनाउने खुशी आफ्नो ठाउँमा होला । समग्रमा सिनेमा मैले गर्दा मात्र बन्ने होइन । सम्पुर्ण टिमको मेहनल चाहिन्छ । सवै टिमको साथ र सहयोगले नै हामी आजको दिनसम्म पुगेका हौं । यो साथको लागि सम्पुर्णमा आभारी छु । बिशेषगरी मेरो लेखन र निर्देशनमा विश्वास गरेर लगानी गर्ने निर्माता जनक घर्ती मगरप्रति कृतज्ञ छु ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।