यती इन्टरनेसनल सिनेमा अवार्डको उत्कृष्ट ५ मनोनयनमा दया-खगेन्द्रदेखि अनमोल-प्रदीपसम्म

यती इन्टरनेसनल सिनेमा अवार्डको उत्कृष्ट ५ मनोनयनमा दया-खगेन्द्रदेखि अनमोल-प्रदीपसम्म

द सिनेमा टाइम्स
511
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेलायतको लण्डन शहरमा १८ विद्यामा आयोजना हुने ‘यती इन्टरनेसनल सिनेमा अवार्ड २०२४’ को उत्कृष्ट ५ को मनोनयन घोषणा गरिएको छ ।

आगामी भदौ २९ गते अवार्ड आयोजना हुने अवार्डको आइतबार मनोनयन सार्वजनिक गरिएको हो । यती नेपाली एसोसियसनले आयोजना गर्ने अवार्ड समारोहमा सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४ को जुन २१ सम्म प्रदर्शन भएका सिनेमाबाट उत्कृष्ट ५ मनोनयन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

यो अवार्ड समारोहको जुरी संयोजकमा सुनिल थापा तथ सदस्यहरुमा गौरी मल्ल र उज्ज्वल घिमिरे छन् । आइतबार आयोजकले सार्वजनिक गरेका १८ विधाका मनोनयन यसप्रकार छन् ।

१. उत्कृष्ट सिनेमा

जारी – बाँसुरी फिल्म्स

दिमाग खराब – सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्स

प्रसाद २ – एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सन

फर्की फर्की – रोहित अधिकारी फिल्मस्

गाउँ आएको बाटो – मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्

२. उत्कृष्ट निर्देशक

जारी – उपेन्द्र सुब्बा

दिमाग खराब – निश्चल बस्नेत

प्रसाद २ – सुदर्शन थापा

फर्की फर्की – सुयोग गुरुङ

गाउँ आएको बाटो – नवीन सुब्बा

३. उत्कृष्ट अभिनेता

दिमाग खराब – खगेन्द्र लामिछाने

प्रसाद २ – विपिन कार्की

फर्की फर्की – अनमोल केसी

गाउँ आएको बाटो – दयाहाङ राई

पुजार सार्की – प्रदीप खड्का

४. उत्कृष्ट अभिनेत्री

प्रसाद २ – केकी अधिकारी

फर्की फर्की – जसिता गुरुङ

गाउँ आएको बाटो – पशुपति राई

जारी – मिरुना मगर

परस्त्री – शिल्पा मास्के

५. उत्कृष्ट पटकथा

प्रसाद २ – सुशील पौडेल

दिमाग खराब – आकाश बराल

जारी – उपेन्द्र सुब्बा

६. उत्कृष्ट सम्पादक

प्रसाद २ – मिलन श्रेष्ठ

गाउँ आएको बाटाे – क्वान पुन लेउन

फर्की फर्की – सुरेन्द्र पौडेल

७. उत्कृष्ट छायाकार

प्रसाद २ – राजेश श्रेष्ठ

फर्की फर्की – नरेन्द्र मैनाली

जारी – शैलेन्द्र डी कार्की

८. उत्कृष्ट संगीतकार

नांगो गाउँ – सुशान्त गौतम (सुन सुन सुन्दरी)

बोक्सीको घर – प्रकाश सपुत (बुझिनँ मैले)

जारी – कालीप्रसाद बाँस्कोटा (चरी बस्यो)

९. उत्कृष्ट पार्श्व गायक

नांगो गाउँ – एसडी योगी (सुन सुन सुन्दरी)

पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)

जारी – कालीप्रसाद बाँस्कोटा (चरी बस्यो)

१०. उत्कृष्ट पार्श्व गायिका

नांगो गाउँ – अञ्जु पन्त (सुन सुन सुन्दरी)

पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)

बोक्सीको घर – समीक्षा अधिकारी (बुझिनँ मैले)

११. उत्कृष्ट नृत्य निर्देशक

नांगो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)

पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)

फर्की फर्की – किरण थापा (फर्की फर्की)

१२. उत्कृष्ट खलपात्र

प्रसाद २ – अर्पण थापा

अगस्त्य – प्रमोद अग्रहरी

ऐचो पैंचो – कोसिस क्षेत्री

१३. पपुलर अभिनेता

१४. पपुलर अभिनेत्री

१५. उत्कृष्ट अभिनेता, जुरी

१६. उत्कृष्ट अभिनेत्री, जुरी

१७. पर्फमर अफ दि एयर

१८. लाइफ टाइम अचिभमेन्ट अवार्ड