पदभार ग्रहण गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले भने-‘मलाई इच्छा अनुसार प्रयोग गर्न नखोज्नु होला’

पदभार ग्रहण गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले भने-‘मलाई इच्छा अनुसार प्रयोग गर्न नखोज्नु होला’

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवनियुक्त अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्ड अध्यक्षको सोमबार पदभार ग्रहण गरेका छन् । विकास बोर्डको कार्यकक्षमा उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गर्नुका साथै बोर्डको पहिलो कार्यस्वरुप एक सिनेमाको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरेका थिए ।

पटभार ग्रहण पश्चात बोर्डको स्वागत कार्यक्रममा बोल्दै आफू जागिर खान नभई काम गर्न आएको बताए । ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै सिनेमा निर्देशन तथा निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिं म काम गर्न आएको छु । मेरो एक भात्रै भनाई हो, म बोर्डमा जागिर खान हैन, काम गर्न आएको हो’, उनले भने ।

पदभार ग्रहण समारोहमा उनले बोर्डका कर्मचारीलाई केही निर्देशन समेत दिएका थिए । चलचित्र विकास बोर्डको चावहिलस्थित कार्यालयमा बोर्ड अध्यक्ष डिसी पुग्दा बोर्डका कर्मचारी र सिनेमाकर्मीले स्वागत गरेका थिए । उक्त समारोहमा सिनेमा क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिले शुभकामना दिएका हुन् ।

अध्यक्ष डिसीले आजको एक दिनमा मात्र शुभकामना लिने बताए । लामो समयदेखि सञ्चारकर्म सहित सिनेमामा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

बिकास बोर्ड अध्यक्ष डिसीले सात दिन म अध्ययन गर्छु । यो अवधिमा म पूर्वसञ्चारमन्त्री, सचिव, पूर्वसदस्यसचिव, पूर्वबोर्डका सदस्यसँग के हुन गयो त भन्नेबारेमा कुरा बुझ्छु । साथै, अहिले नियमित सिनेमा बनाइरहेका निर्माता, वितरक र निर्देशकसँग पनि कुराकानी गर्छु । अन्तर्राष्ट्रियरुपमा सिनेमा वितरण गरिरहेकालाई पनि भेट्छु । हामी व्यक्तिगत रुपमा काम त गरिरहेका छौं तर एक हुन सकेका छैनौं । सवैलाई एकता गराउने काम बोर्डको हो । बोर्डले त्यो गर्छ ।

यस्तै, उनले जिरोबाट काम सुरु गर्ने बताए । यो प्रक्रियामा मलाई नियुक्ति दिने संस्था र मलाई रिकमेन्ड गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्ने प्रक्रियामा स्वदेशी सिनेमाको हित र प्रवर्धनमा काम गर्ने क्रममा कहींकतै ढिलासुस्ती र असहयोग गरेको महसुस भएको दिन नियमानुसार उहाँहरुलाई पावरलेस गर्नुपर्ने हो कि सचेतना गराउनुपर्ने नियममा म तत्काल एक्सनमा जान्छु ।

यसका अलवा म भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछु । भ्रष्टाचार भएको थाहा पाएको ३० मिनेटमा उहाँलाई पावरलेस गरिनेछ । बक्स अफिस, बजार व्यवस्थापन, अन्तर्राष्ट्रियकरणका मुद्दा र वितरणका यी चार एजेण्डामा म १०० दिनमा मिडियासँग बोल्छु । मलाई बोर्डबाट एक पैसा कमाउनु पनि छैन् । पैसा कमाउनको लागी म यहाँ आएको पनि होइन् । पैसा नै कमाउन अन्य थुप्रै कर्पोरेट क्षेत्र छन् । त्यहाँ छोडेर म यहाँ काम गर्न आएकाले मलाई प्रयोग गर्ने बारेमा कसैले नसोच्न अनुरोध पनि गर्दछु ।