दीपेन्द्र लामाको ‘दुखी आत्मा’मा दयाहाङ र आँचलपछि अनुपविक्रमको प्रबेश

दीपेन्द्र लामाको ‘दुखी आत्मा’मा दयाहाङ र आँचलपछि अनुपविक्रमको प्रबेश

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘दुखी आत्मा’मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । भदौबाट २४ सुटिङ सुरु हुने सिनेमामा केही समयअघि नै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित भइसकेका थिए ।

कथाको मागअनुसारको चरित्र छनोट गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले बताए । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ हिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’मा अभिनय गर्न लागेका हुन् ।

काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको सिनेमामा दयाहाङ, आँचल, अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतका कलाकारको अभिनय रहनेछ ।

क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । सिनेमाका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहनेछ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको सिनेमाको बितरण आरआर फिल्मस्ले गर्नेछ ।