भोजपुरी भाषाको ‘रावायण’ आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक

भोजपुरी भाषाको ‘रावायण’ आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक

द सिनेमा टाइम्स
336
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रावायण’को आइटम गीत सार्वजनिक भएको छ । भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको स्वर छ ।

रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द रचना छ । सार्वजनिक गीतको भिडियोमा पूर्वमिस नेपाल निकिता चाण्डक, पल शाह र प्रकाश शाह फिचर्ड छन् । पल र प्रकाशबीचको टकराव देखाउन खोजिएको गीतमा निकितालाई बोल्ड अवतारमा देख्न सकिन्छ । उनले पहिलोपटक आइटम डान्स गरेकी हुन् ।

निकिता सिनेमाको यो गीतमा मात्र देखिनेछिन् । तराईको मध्य मधेशको गाउँलाई सेटअप बनाएर खिचिएको छ । सयौंको संख्यामा कोरस राखिएको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।