चानस र मणिको निर्देशनमा ‘डिएनए’ निर्माण हुने

चानस र मणिको निर्देशनमा ‘डिएनए’ निर्माण हुने

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौराणिक एक्सन थ्रिलर शैलीमा निर्माण गरिने सिनेमा ‘डिएनए’को घोषणा गरिएको छ । निर्देशक चानस पुन मगरका अनुसार, यो सिनेमा पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने छन् ।

सिनेमा ‘डिएनए’लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने छन् । सिनेमा निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ ।

सिनेमाको छायांकन आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए । यो सिनेमामा नयाँ प्रयोगको रूपमा निर्माण गरिने बताइएको छ ।

सिनेमाका कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ ।