फ्राइडे रिलिजमा ‘सानो संसार’ र ‘आँखा’ हलमा

फ्राइडे रिलिजमा ‘सानो संसार’ र ‘आँखा’ हलमा

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली सिनेमा रिलिजमा आएका छन् । ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका हुन् ।

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘आँखा’ सुकुम्बासी बस्तीमा रहेका भुइँ मान्छेको कथामा बनेको सिनेमा हो ।

‘सानो संसार’ले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको छ । जसका कारण यसका निर्माता अर्जुनकुमार र माधव वाग्ले निकै उत्साही छन् ।

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । यसमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ ।

उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गरेका छन् ।

सिद्धार्थ पुडासैनीले सिनेमालाई निर्देशन गरेका छन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।

प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।

‘आँखा’मा जौन योन्जनको लेखन तथा निर्देशन रहेको सिनेमा हो । सिनेमाको मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् ।

आरके र स्मितासँगै निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् । यसले प्रिमियरमा औसत प्रतिक्रिया पाएको छ ।

अलोक शुक्लाको छायांकन रहेको चलचित्रको निर्माता निर्देशक योन्जन हुन् ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमामा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह–निर्माता तथा राम बस्नेत लाइन प्रोड्युसरमा छन् ।

कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको सिनेमाको गीतमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । सिनेमालाई आरआर फिल्मसले वितरण गरेको छ ।