मंसिर ७ मा ऋचाको ‘सारंग’ रिलिज घोषणा

मंसिर ७ मा ऋचाको ‘सारंग’ रिलिज घोषणा

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बाल मनोबिज्ञान तथा बालअधिकारको कथामा निर्माण भएको सिनेमा ‘सारंग’को पोस्टर सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको सिनेमाको फर्स्टलुकसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

धनी र गरिब परिवारबीचको अन्तर देखाइएको सिनेमा मंसिर ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ । पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । सिनेमाले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने बिश्वास निर्देशक तामाङको छ ।

निर्देशक तामाङ स्वयम्को लेखन रहेको सिनेमालाई टिफल्क फिल्मस्ले बितरण गर्नेछ । सिनेमामा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसी, बिश्व स्याङ्वो र प्रभात जंग लगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको डिओपी गोपाल राय हुन । सिनेमालाई सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । सिनेमामा डिपी खनालको गीत रचना, शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।