द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०७६ को पहिलो त्रैमासिक लगभग सकिएको छ । ‘कालो वर्ष’ नामक सिनेमा रिलिजसँगै ०७६ को सुरुवात भयो । र, पहिलो तीन महिनामा १५ सिनेमा रिलिज भए ।

बक्सअफिसको आँकडा हेर्दा तीन महिनामा ‘जात्रै जात्रा’ ब्लकबस्टर सावित भयो । भने, ‘दाल भात तरकारी’ले लगानी रिकभर गर्यो । बाँकी, सिनेमाको व्यापार राम्रो भएन । असारको अन्तिम साता रिलिज भएको ‘सानो मन’को व्यापारिक रिपोर्ट सार्वजनिक भैसकेको छैन ।
पहिलो त्रैमासिक ४० प्रतिशत गिरावट
गत सालको पहिलो तीन महिनामा २५ सिनेमा रिलिज भएका थिए । तुलनात्मक रुपमा अघिल्ला केहि वर्षको भन्दा सिनेमा निर्माणमा यो पटक निक्कै गिरावट आएको छ । त्यसको प्रत्यक्ष असर पहिलो तीन महिनामा देखिएको छ । ०७५ सालको तुलनामा ४० प्रतिशत कम सिनेमा रिलिज भएपनि बक्सअफिसको व्यापारमा ०७६ नै अगाडी देखिएको छ ।
२५ सिनेमा रिलिज भैसक्दा गत साल घरेलु बक्सअफिसबाट एउटै सिनेमाले पनि लगानी उठाउन सकेका थिएनन् ।
०७६ को आगामी रिलिज सिनेमा
गत सालको समाप्तिमा ९६ सिनेमा रिलिज भएका थिए । चलचित्र बिकास बोर्डले नै यो वर्ष सिनेमा निर्माणमा अत्याधिक गिरावट आएको बताइसकेको छ । तर, पनि वर्षका महत्वपूर्ण डेटमा दुई भन्दा बढी सिनेमाको भाले जुधाई तय भैसकेको छ ।
असार मसान्तसम्म १५ सिनेमा रिलिज भैसक्दा २५ सिनेमाले रिलिज डेट तय गरिसकेका छन् । अब हेर्न बाँकी छ, यो साल कति सिनेमा रिलिज हुनेछन ?
साउन ३
सिनेमा: घर
निर्देशक: अर्पण थापा
कलाकार: सुरक्षा पन्त, अर्पण थापा, बेनिशा हमाल, सरोज खनाल
साउन १०
सिनेमा: एकलव्य
निर्देशक: अनमोल शर्मा
कलाकार: सोनम थापा मगर, ओसिन भट्टराई, पुस्कर राउत
साउन १७
सिनेमा: न यता न उता
निर्देशक: मिराज रोष
कलाकार: समीर दिक्षित, ऋचा शर्मा, मिराज रोष, छुल्ठिम गुरुङ
साउन २४
सिनेमा: साइनो
निर्देशक रमेश थापा,
कलाकार: नीता ढुंगाना, मिरुना मगर, राजकुमार
सिनेमा: रे
निर्देशक: दिनेश पौडेल
कलाकार: सुनिल थापा, सुजाता थापा, दिवश धिताल
साउन ३०
सिनेमा: दयारानी
निर्देशक: माओत्से गुरुङ
कलाकार: दयाहाङ राई, दीया पुन, माओत्से गुरुङ
भदौ ६
सिनेमा: जाइरा
निर्देशक: आशुतोष राज श्रेष्ठ
कलाकार: नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरी
सिनेमा: हजार जुनीसम्म
निर्देशक: विकाशराज आचार्य
कलाकार: आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी
भदौ १३
सिनेमा: मारुनी
निर्देशक: नवल नेपाल
कलाकार: साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ
सिनेमा: कबड्डी कबड्डी कबड्डी
निर्देशक: रामबाबु गुरुङ
कलाकार: दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा

भदौ २०
सिनेमा: सोच
निर्देशक: प्रभाकर प्रकाश
कलाकार: नीता ढुंगाना, प्रज्वल गिरी, पुजन सिंह
भदौ २७
सिनेमा: पासवर्ड
निर्देशक: सम्राट बस्नेत
कलाकार: अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ
सिनेमा: हृदयभरी
निर्देशक: सुरज सुब्बा नाल्बो
कलाकार: पल शाह, श्रद्धा क्षेत्री, रेखा लिम्बु
असोज ३
सिनेमा: घामड शेरे
निर्देशक” हेमराज विसी
कलाकार: निश्चल बस्नेत, स्वस्तिमा खड्का
सिनेमा: लभ डायरिज
निर्देशक: सौरभ चौधरी
कलाकार: सुशील श्रेष्ठ, रुविना थापा, विश्वजित रिमाल
असोज १० वा १७
सिनेमा: रातो टिका निधारमा
निर्देशक: अशोक शर्मा
कलाकार: साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, अंकित शर्मा
सिनेमा: छ माया छपक्कै
निर्देशक: दीपेन्द्र लामा
कलाकार: दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल
असोज २४
सिनेमा: गीत गजल
निर्देशक: नितिन चन्द
कलाकार: रुप पोखरेल, आरोही सिंह
कार्तिक ८
सिनेमा: पोई पर्यो काले
निर्देशक: शिशिर राणा
कलाकार: सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ
कार्तिक २२
सिनेमा: सरौतो
निर्देशक: हरि हुमागाईं
कलाकार: सुमी मोक्तान, युवराज लामा, सन्नी सिंह

कार्तिक २९
सिनेमा: च च हुई
निर्देशक: साम्तेन भुटिया
कलाकार: आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ
फागुन ९
सिनेमा: लप्पन छप्पन २
निर्देशक: मुकुन्द भट्ट
कलाकार: दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही
सिनेमा: आमा
निर्देशक: दीपेन्द्र के खनाल
कलाकार: सुरक्षा पन्त, सुर्यमला खनाल, सरीता गिरी
फागुन २३
सिनेमा: म यस्तो गीत गाउँछु २
कलाकार: पूजा शर्मा, पल शाह
चैत २८
सिनेमा: प्रेमगीत ३
निर्देशक: छेतेन गुरुङ र सन्तोष सेन
कलाकार: प्रदीप खड्का, क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ