आर्यन र साम्रज्ञीको ‘कायरा’ युट्युबमा रिलिज (भिडियो)
Published On : 13 September, 2019 11:36 am
द सिनेमा टाइमस, काठमाडौं – चक्लेटी अभिनेता आर्यन सिग्देल र पछिल्लो समयकी हटकेक अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत सिनेमा ‘कायरा’ पुरा सिनेमा सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर पुरा सिनेमा इन्टरनेटमा रिलिज गरिएको हो ।
गतवर्षको श्रावन १८ गतेबाट प्रदर्शन भएको सिनेमाले बक्सअफिसमा औष व्यापार गरेको थियो । सिनेमामा आर्यन र साम्राज्ञीका अलवा शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । निर्देशक रिजालको लगानी रहेको सिनेमाका सह निर्माता दिनेश थापा र दिवस पराजुली हुन् ।
आर्यन सिग्देल प्रोडक्सन र आर एण्ड आर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाको कथा आर्यन सिग्देलले तयार पारेका हुन् । केदार भुषालको पटकथा तथा संवाद, शिवराम श्रेष्ठको छायाँकन, अर्जुन पोखरेल, कोशिस क्षेत्री र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

