दुई साता पछाडी धकेलियो सुशीलको ‘बादशाह जुट’


द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर सिनेमा ‘बादशाह जुट’को रिलिज डेट पुन: हेरफेर गरिएको छ । कार्तिक १ मा रिलिज हुने भनिएको सिनेमा दुई साता पछाडी धकेलिदै कार्तिक १५ मा पुगेको छ ।‘बादशाह जुट’ यो मितिमा पुगेपछि सुशील स्टारर अर्को सिनेमा ‘लभ डायरिज’ सम्भवत: पछाडी सर्नेछ । ‘लभ डायरिज’ले पनि कार्तिक १५ लाई रिलिज मिति तोकिसकेको छ । एकै डेटमा सुशीलका दुई सिनेमा रिलिज गर्दा दुवै पक्षलाई नकारात्मक असर पर्ने देखिन्छ ।

जोनी सिंह राणा निर्देशित ‘बादशाह जुट’मा सुशीलसँगै रोबिन तामाङ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

अभिषेक शशि कुमारले लेखेको सिनेमामा कृष्ण भारद्वाज/कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको द्धन्द्व निर्देशन, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्