‘छ माया छपक्कै’को प्रोमोसनल गीत ‘बिच्च बिच्चमा’ रिलिज
Published On : 27 September, 2019 11:45 am
द सिनेमा टाइम्स, काठमाडौं – ‘छ माया छपक्कै’को प्रोमोसनल गीत ‘बिच्च बिच्चमा’ सार्वजनिक गीत गरिएको छ । हरेक सिनेमा रिलिजको मुख प्रसार प्रसारको लागी विभिन्न फण्डा गर्दै आएको निर्माण टिमले दुर्गेश थापाको सुपरहिट गीत ‘बिच्च बिच्चमा’लाई नयाँ ढङ्गले प्रस्तुत गरिएको छ । गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीतको संगीतमा रमाइला टुक्का जोडेर सिनेमा हेर्न दर्शकलाई आग्रह गरिएको छ ।
गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा खिचिएको गीतको भिडियोमा गायक दुर्गेशसहित सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र निर्देशक सल्लाहकार दीपाश्री निरौला फिचर्ड गरिएको छ ।
राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा सिनेमाले भन्ने छ । कमेडी विषय वस्तुमा निर्माण गरिएको सिनेमाले देशमा घटिरहने गम्भीर विषयवस्तु समावेश गरिएको छ । दीपेन्द्र लामा निर्देशनमा निर्माण भएको सिनेमामा अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।
असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘छ माया छपक्कै’मा ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् । रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् ।
दीपकराज गिरीको पटकथा लेखन रहेको सिनेमाको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लले सम्पादन रहेको छ ।
