‘साङ्लो’को नयाँ गीतमा मोर्डन विराज र निकिता
Published On : 14 January, 2020 12:59 pm
द सिनेमा टाइम्स, काठमाडौँ – माघ २४ गते रिलिज हुने ‘साङ्लो’ दर्शक माँझ प्रतिक्षित छ । विराज भट्ट स्टारर सिनेमाका प्रचार सामाग्रीले दर्शकको ध्यान केन्द्रित गरिरहेका छन । त्यसैले राम्रो सिनेमा बनाउन विराज लागिपरेका छन् ।

ट्रेलर र गीतमा दर्शकले देखाएको उपस्थितिलाई मध्येनजर गर्दै विराजले सिनेमाको नयाँ गीत छायांकन गरेका छन् । बाँकी रहेको सिनेमाको गीतलाई काठमाडौँमा खिचिदैछ ।
सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । यसअघि ‘चरीले काफल टिप्यो’ बोलमा परम्परागत पहिरणमा देखिएको यो जोडी नयाँ गीतमा मोर्डन पहिरणमा देखिनेछ ।

अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले आशा बोकेको छ । २-३ दिनमा छायांकन सकाएर गीत छिट्टै नै सार्वजनिक गरिनेछ ।
विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको सिनेमामा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।
तस्विर: ज्ञानु राई