‘मैदान’मा अजयको अपोजिट राष्ट्रिय अवार्ड विजेता अभिनेत्री
Published On : 19 January, 2020 7:37 am
द सिनेमा टाइम्स, काठमाडौँ – अजय देवगण स्टारर सिनेमा ‘मैदान’को लागि मुख्य अभिनेत्री फाइनल भएकी छन् । साउथकी लोकप्रिय अभिनेत्री प्रियामणि अजयको अपोजिटमा देखिने भएकी हुन् ।

राष्ट्रिय अवार्ड विजेता प्रियामणिले बलिउड सिनेमा ‘चेन्नई एक्सप्रेस’को एक आइटम गरिसकेकी छन् । भने, कंगना रनाउत स्टारर ‘थलैवी’मा अभिनय गरिसकेकी छन् ।
यसै वर्षको नोभेम्बर २७ मा रिलिज हुने ‘मैदान’लाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गर्नेछन् । उनले यसअघि ‘बधाई हो’ जस्तो सुपरहिट सिनेमा दिइसकेका छन् ।
सिनेमालाई बोनी कपूर, आकाश चावला, अरुनभा जोय सेनगुप्ता र जि स्टुडियोले निर्माण गर्नेछन् ।
अजय अभिनित ‘तानाजी: द अनसुङ्ग वारियर’ले अहिले बक्सअफिसमा तहल्का पिटिरहेको छ । प्रदर्शनको ९ दिनमा सिनेमाले घरेलु बक्सअफिसबाट १ सय ४५ करोड माथिको व्यापार गरिसकेको छ ।