सुशील र रुबिनाको जमेको जोडी (प्रेसमिट फोटोफिचर) द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर सिनेमा फागुन २ गते रिलिज हुँदैछ । पूर्ण प्रेमकथानक सिनेमामा सुशीलले रुबिना थापासँग जोडी बाँधेका छन् । रुबिनाको यो डेब्यु सिनेमा हो । सौरभ चौधरी निर्देशित सिनेमाको सोमबार ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा बोलाइएको ट्रेलर लन्च प्रेसमिटमा सुशील र रुबिना क्यामराको केन्द्रमा रहे । द सिनेमा टाइम्स फोटोग्राफर ज्ञानु राईले सुशील र रुबिनासँगै टिमको तस्विर क्यामरामा कैद गरेका छन् । हेरौँ तस्विर:-