‘पारस’मा अनमोल पक्का, ‘एन्टी हिरो’ तत्काललाई पोस्टपोण्ड
Published On : 26 February, 2020 1:47 pm
द सिनेमा टाइम्स, काठमाडौँ – सुपरस्टार अनमोल केसीले नयाँ सिनेमा साइन गरेका छन् । निर्माता हुँदै निर्देशक बन्न लागेका माधव वाग्लेको ‘पारस’मा अनमोल अनुबन्धित भएका हुन् । वाग्लेले पहिलो पटक सिनेमा निर्देशन गर्न लागेका हुन् ।

अभिनेता/निर्माता भुवन केसीले सुपर काजोल फिल्मस्को व्यानरमा ‘पारस’ निर्माण गर्नेछन् । माधव र भुवनको लामो छलफल पश्चात अनमोल सिनेमा गर्न राजी भएका हुन् ।
अहिले अनमोलले निर्देशक झरना थापाको ‘ए मेरो हजुर ४’को लागि समय दिइरहेका छन् । त्यसपछि उनि ‘पारस’को लागि व्यस्त हुनेछन । अनमोल ‘पारस’मा अनुबन्धित भएसँगै होमप्रोडक्सनको ‘एन्टी हिरो’ निर्माण तत्काललाई रोकिएको छ ।
‘Paras’ Producer Bhuwan KC & Director Madhav Wagle
‘ए मेरो हजुर ४’मा दोस्रो पटक सुहाना थापासँग जोडी बाँधेका अनमोलले ‘एन्टी हिरो’मा जसिता गुरुङसँग स्क्रिन शेयर गर्ने पक्का भैसकेको छ । ‘पारस’को लिड अभिनेत्रीको छिट्टै टुंगो लाग्ने भुवन केसीले बताए ।