सलमानले रिलिज गरे ज्याक्लिनसँगको नयाँ गीत
Published On : 12 May, 2020 12:53 pm
द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खानले आफ्ना प्रशंसकका लागि नयाँ गीत सार्वजनिक गरिदिएका छन् । लकडाउनमा उनको नयाँ गीत ‘तेरे बिना’ दर्शकका लागि खुराक बन्न सक्छ ।

सलमान आफैले गाएको गीतको भिडियोमा स्वयम्ले अभिनय र निर्देशन गरेका छन् । उनलाई ज्याक्लिन फर्नान्डेजले साथ दिएकी छन् ।
अजय भटियाले कम्पोज गरेको गीतमा सलमान र ज्याक्लिनको केमेस्ट्री फोकस गरिएको छ । सलमान र ज्याक्लिनले यसअघि सिनेमा ‘किक’ र ‘रेस २’मा स्क्रिन शेयर गरिसकेका छन् ।
सलमानले यसभन्दा अगाडी पनि सिनेमा ‘हिरो’को शिर्ष गीत गाएका थिए ।
घरभित्रै बसौँ । कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ ।