‘कृ’ गर्ल अदितिका पनि इन्स्टाग्राममा १० लाख फलोअर्स


Published On : 6 July, 2020 12:46 pm

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कृ’ अभिनेत्री अदिति बुढाथोकीले पनि इन्स्टाग्राममा १० लाख फलोअर्स पाएकी छन् । आइतबार मात्रै अभिनेत्री प्रियंका कार्की यो माइलस्टोन पार गर्ने पहिलो नेपाली कलाकार बनेकी थिइन् ।

१० लाख फलोअर्स बनेपछि अदितिले दुई वटा फोटो पोस्ट गर्दै आफ्ना फ्यानहरुलाई धन्यवाद दिएकी छन् । अदितिको अहिलेसम्म एक मात्र सिनेमा ‘कृ’ रिलिज भएको छ । अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी अदितिले पहिलो सिनेमाबाटै राम्रो चर्चा बटुलेकी थिइन् ।

अदिति आफ्नो दोस्रो सिनेमा ‘बेञ्जो’को तयारीमा छन् । उक्त सिनेमालाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्